No ads found for this position

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको अधिवेशन कावासोतीमा सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १० गते १८:१७
No ads found for this position
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको अधिवेशन कावासोतीमा सुरु
No ads found for this position

यामु कुमाल

नेपाल आदिवासी जनजाति महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नवलपुर जिल्ला अधिवेशन सुरु भएको छ । जिल्लाको सदरमुकाम कावासोतीको पुन समाज हलमा नेपाल आदिवासी जनजाति महासंघको छैठौं र महिला महासंघको तेश्रो अधिवेशन शुक्रबार सुरु भएको हो ।  कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामव्लोन तामाङको अध्यक्षता एवम् नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारु मगरको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनाजातिहरुमा अझैपनि पर्याप्त रुपमा शिक्षाको पहुँचमा पुग्न नसकेको भन्दै दुख व्यक्त गरेका थिए । त्यस कारणले गर्दा पनि जनजातिले आफ्ना सन्ततीलाई शिक्षाको पहुँचबाट वत्तिचत नगराई राज्यको मूलधारसम्म शिक्षाको माध्यमबाट नै सम्भव भएको भन्दै शिक्षामा जोड दिन आग्रह गरेका छन् ।

आदिवासी जनजातिहरुको हक अधिकार र मुद्धाहरु शैक्षिक आन्दोलनबाट मात्रै सम्भव हुने भएकाले शिक्षा , अािर्थक र एकताको खाँचो भएको बताएका हुन् । यस्तैगरी कार्यक्रममा आदिवासी जनजाति भित्रैपनि मतभेद भएको भन्दै यस्तो संस्थालाई कमजोर हुने खालका विभेदपूर्ण व्यवहार नगर्नपनि सबै जातजातिलाई आग्रह गरिएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका संस्थापकहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : २०७९ चैत १० गते १८:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI