No ads found for this position

आज एकै दिन थपिए ६९ जना कोरोना संक्रमित, बढ्यो जोखिम

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १३ गते १९:३२
No ads found for this position
आज एकै दिन थपिए ६९ जना कोरोना संक्रमित, बढ्यो जोखिम
No ads found for this position

कावासोती । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६९ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार २६६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १ हजार २४८ जना पुगेको छ ।

सोमबार ४८८ जनाको पीसीआर परीक्षण गर्दा २५ जना र ७७८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या ९ लाख ८९ हजार १६२ जना पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६० लाख १८ हजार ९८८ जनाको पीसीआर र १५ लाख ३६ हजार ६८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित : २०७९ चैत १३ गते १९:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI