तनहुँ-१ मा भट्टराई र चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १६ गते १२:५५
तनहुँ-१ मा भट्टराई र चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

कावासोती । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बारा–२ मा उमेदवार नतोकी टुंगिएको छ ।

तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको कांग्रेसले बारा–२ का विषयमा भने कुनै निर्णय गरेको छैन ।

नेपाली कांग्रेसका नेताहरुले बारा–२ मा उपेन्द्र यादव वा अरु कुनै उमेदवारलाई समर्थन गर्ने भनेर मुख खोलिसकेका छैनन् । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने गठबन्धनका तर्फबाट आफू उमेदवार बन्नेमा ढुक्क छन् ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महत बारा–२ का विषयमा आगामी १९ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताउँछन् ।

“चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उमेदवार चयन गर्ने निर्णय भएको छ,” प्रवक्ता महतले भने, “बारा–२ को हकमा १९ गते केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । त्यही बैठकले निर्णय गर्छ ।”

प्रकाशित : २०७९ चैत १६ गते १२:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI