स्वर्णिमको सन्देश : देउवा-आरजु गिरोहको हेपाइ र अपमान सहेर कांग्रेसमा बस्न सकिनँ

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १६ गते १६:१७
स्वर्णिमको सन्देश : देउवा-आरजु गिरोहको हेपाइ र अपमान सहेर कांग्रेसमा बस्न सकिनँ

कावासोती  – अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गर्ने भएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भावुक सन्देश पठाउँदै वाग्लेले पार्टी परित्याग गर्ने घोषणा गरेको स्रोतले बताएको छ ।

वाग्लेले भनेका छन्, ‘प्रिय शेखर दाई हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’ उनले कृपा र निगाहाको जीवनपर्यन्त राजनिति भन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र उर्जा सान्दर्भिक रहँदै डेलिभरिको प्रयोगमा जान चाहेको उनले लेखेको सन्देशमा भनिएको स्रोतले जानकारी दिएको छ । वाग्लेले पार्टी छाड्नुअघि कांग्रेसका नेतासँग परामर्श लिएको भए पार्टी छाड्न गाह्रो हुने पनि उल्लेख गरेको बताइएको छ ।

उनी कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट तनहुँ-१ बाट निर्वाचन लड्ने तयारीमा छन् । गत मंसिरमा नै चितवन-१ बाट निर्वाचन लड्ने मनस्थिति बनाएका वाग्लेले कांग्रेसबाट टिकट नपाएपछि पछि हटेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको मनपर्ने पात्र हुँदाहुँदै पनि सभापति पत्नी आरजु राणाको जोडबलका कारण वाग्लेले टिकट नपाएका हुन् ।

उनको स्थानमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तत्कालीन अवस्थामा रहेका विश्व पौडेललाई टिकट दिइएको थियो । उनी नेकपा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए ।

प्रकाशित : २०७९ चैत १६ गते १६:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI