No ads found for this position

अवैध उत्खनन् गर्ने तेह्र ट्याक्टर नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २४ गते ११:५४
No ads found for this position
अवैध उत्खनन् गर्ने तेह्र ट्याक्टर नियन्त्रणमा
No ads found for this position

नवलपुर । नवलपुरमा नदीमा अवैध रुपमा ढुंगा बालुवा निकाल्ने १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मध्यविन्दु नगरपालिका– १५ मा १२ वटा ट्याक्टर र वडा नम्बर एक गरी १३ वटा ट्याक्टरलाई सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

अरुण खोलामा ढुंगा बालुवा उठाउँदै गरेको अवस्थामा शुक्रबार बिहान सशस्त्र प्रहरी बेश क्याम्प चोरमाराका इन्स्पेक्टर सुमन बि.क.को नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्याक्टरलाई कारवाहीका लागि मध्यविन्दु नगरपालिका पठाइएको छ ।

मध्यविन्दु १५ नदीजन्य पदार्थ उत्खनन् ठेक्का सम्झौता भएको उक्त क्षेत्रबाट अवैध रुपमा रातिको समयमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी र नगर प्रहरीको टोलि सो क्षेत्र पुगेको थियो । ठेक्का सम्झौता भएको क्षेत्र भएपनि सम्झौता विपरित रातको समयमा उत्खनन् गर्नु अवैध हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो ।

अवैध रुपमानदीजन्यपदार्थ उत्खनन् गर्ने ट्याक्टहरुले पहिलो पटक १५ हजार रुपैयाँ र त्यसपछि पटकेको आधारमा जरिवाना बुझाउनु पर्ने मध्यविन्दु नगरपालिकाको नियम रहेको छ ।

प्रकाशित : २०७९ चैत २४ गते ११:५४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI