No ads found for this position

मध्यबिन्दुको सेहरीमा रहेको लिटिल फ्लावर स्कुलमा भर्ना आह्वान

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ३ गते ११:१०
No ads found for this position
मध्यबिन्दुको सेहरीमा रहेको लिटिल फ्लावर स्कुलमा भर्ना आह्वान
No ads found for this position

नवलपुर । नवलपुरको सेहरीमा स्थापना भएको लिटल फ्लावर स्कुलले शैक्षिकसत्र २०८० का लागि भर्ना आह्वान सुरु गरेको छ । कक्षा नर्सरी, एलकेजी, युकेजी र कक्षा १ का लागि स्कुलले भर्ना आह्वान गरेको प्राचार्य रोवीले जानकारी दिनुभयो । बैशाख ४ गते (आईतबार) देखि बैशाख ८ गतेसम्म भर्ना आह्वान खुला गरेको जानकारी दिदै स्कुलले आफ्ना नानीबाबुहरुलाई समयमै ल्याई भर्ना गर्न भनेको छ ।

आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवि र तालिमप्राप्त शिक्षकहरु रहेको स्कुलले जनाएको छ । बालमैत्री शिक्षण विधी,अग्रेजी भाषामा पठनपाठन, विद्यार्थीहरुको लागि बसको सुविधा, विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागि विशेष छात्रबृतिको व्यवस्था स्कुलमा रहेको प्राचार्य रोवीले बताउनुभयो ।

नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा नवलपुरको सेहरीबाट सेवा दिन थालेको हो ।
चितवनको सबैभन्दा उत्कृष्ट विद्यालयको रुपमा आफ्नो पहिचान बनाएको लिटिल फ्लावर स्कुलले नवलपुरबाट पनि विद्यार्थीहरुलाई सेवा दिन थालेको भन्दै स्थानीय हर्षित भएका छन्

प्रकाशित : २०८० वैशाख ३ गते ११:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI