संरक्षण र साहित्यको संगम : घडियाल काव्य उत्सव

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २४ गते १७:१५
संरक्षण र साहित्यको संगम : घडियाल काव्य उत्सव

एलिना केसी/देवचुली ।  नवलपुर जिल्लाको पर्यटन सम्भावनाका विविध आयामहरुलाई समेट्दै दोस्रो संस्करणको घडियाल काव्य उत्सव सम्पन्न भएको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र पिप्रहर सामुदायिक होमस्टे ग्राममा बैशाख २२ र २३ गते उत्सव आयोजना गरिएको थियो । विश्वबाट नै लोप हुन लागेको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि संरक्षणकर्मीहरु, विभिन्न उच्च ओहोदाका व्यक्तित्वहरु, साहित्यकर्मीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनितिज्ञहरु, विभिन्न पेशाकर्मी, शैक्षिक हस्तीहरु तथा विद्यार्थी एवम् स्थानीय जनसमुदायहरुको उपस्थितिमा काव्य उत्सवको संचालन गरिएको हो ।No description available.
No description available.घडियाल काव्य उत्सवमा घडियाल गोहीको मात्र कुरा भएनन् । नवलपुरको पर्यटकीय सम्भावना, जैविक विविधता, दिगो पर्यटन, ग्रामिण पर्यटन एवम् पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रमा फरक–फरक व्यक्ति विशेषसँग बहस, छलफल र पैरबी भए ।  नवलपुर क्षेत्र नं १ का संघीय सांसद प्रा.डा. शसांक कोइरालाले काव्य उत्सवको उद्घाटन गर्दै संरक्षणमा हरेक व्यक्ति, संस्था र समुदाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए ।No description available.

No description available.बाँसले बनेको चिटिक्क परेको स्टेजले उत्सवमा सहभागीहरुलाई उत्साही बनायो । खरले छाएर खडाइले बारिएको स्टेज हेर्दाखेरि नै परम्परागत शैलीको र आकर्षक थियो । स्टेजमा राखिएको हलो, जुवा, ढकिया, ढडिया, कोर्काे, फुर्लुङ, ठेकी, डालो, घैटो, टुईंया लगायतका सामाग्रीले उत्सवमा आउने जोकोहीलाई स्टेजतर्फ ध्यान केन्द्रित गर्न बाध्य बनाएको थियो । स्टेजको भित्तामा काठको घडियाल र काठैको अक्षर सहितको ब्यानरले थप रौनकता थपेको थियो । स्टेज त आकर्षक थियो नै, खाजाका बेला बाँडिएको उसिनेको मकै र नुमैचा भने आम दर्शकका लागि नौलो खाजा बन्यो । उत्सवमा प्लाष्टिकको बोतललाई निरुत्साहित गरिएको थियो । सहभागीहरुले घैटोमा राखिएको चिसो पानी माटाकै करुवामा धित मारेर पिए । संरक्षणको अभियानमा टेवा पुर्याउन गरिएको उत्सवमा यी गतिविधिहरुलाई संरक्षणकर्मीहरुले निकै सह्राना गर्दै सकारात्मक रुपमा लिए ।No description available.
No description available. घडियाल काव्य उत्सवको दुई दिनसम्म विभिन्न नौ वटा सेसन सम्पन्न भए । उत्सवको पहिलो दिनको पहिलो सेसनमा “संकटमा घडियाल लोभदेखि, लोप सम्म” नाम दिएर करुणा सागर सुवेदीले बहस चलाए । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेक्टर प्रमुख सरोजमणी पौडल, डब्लुडब्लुएफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ र पूर्व संरक्षण अधिकृत रामप्रित यादवले नेपालमा घडियाल गोहीको वर्तमान अवस्था, संरक्षणका प्रयास र अबको बाटोको विषयमा छलफल गरे ।No description available.No description available.
सामाजिक अभियान्ता खिमानन्द भुसालले काव्य उत्सवको दोस्रो सेसनमा पूर्व मन्त्री एवम् पानी विज्ञ गणेश शाह, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी र विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीसँग नारायणी नदिको वहाव, जल पर्यटन, नदि प्रदुषण र त्यसबाट जैविक विविधतामा परेको असरका विषयमा एक घण्टा छलफल गरे । यो छलफललाई “वेग र भेगको दोसाँधमा नारायणी”को नाम दिइएको थियो ।No description available.
संरक्षणका लागि समुदायलाई मात्र सचेतना फैलाएर हुँदैन, विद्यालय स्तरमा पनि संरक्षण शिक्षा आवश्यक रहेको काव्य उत्सवको तेस्रो सेसनको निस्कर्ष रह्यो । डा. भुमीराज चापागाईले सहजीकरण गर्नुभएको यो सेसनमा मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहका प्रमुख रचना शाह र नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारीले नेपालमा संरक्षण शिक्षाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संरक्षण शिक्षाको महत्व माथि प्रकाश पारे ।No description available.
बर्ड लाईफ ईन्टरनेशनलका एसिया म्यानेजर डा हुम गुरुङ, पंक्षि संरक्षण संघ नेपालका प्रोजेक्ट अफिसर देउबहादुर राना र संरक्षणकर्मी एवम् पंक्षि ज्ञाता डि.बी चौधरीले सुवास वस्ताकोटीसँग चरा संवाद गरे । “चराचरमा चरा” सेसनमा चरा पर्यटन, चरा र मावन बिचको अन्तरसम्बन्ध र चराको जीवनका बारेमा छलफल भयो ।No description available.
No description available.पत्रकार नारायण शर्माले काव्य उत्सवको पहिलो दिनको अन्तिम सेसनमा नवलपुरको पर्यटन विषयमा गहन छलफल चलाए । छलफलमा गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा पुन मगर  र संरक्षणकर्मी विष्णुप्रसाद अधिकारी सहभागी थिए । यो सेसनमा मध्यवर्ती क्षेत्रका वासिन्दाले भोग्नुपरेको समस्या, चितवन राष्ट्रिय निकुञ्जको निति, पर्यटन विकासमा राजनितिको प्रभाव र नवलपुरको वस्तुगत विषयमा गहन र पेचिलो संवाद भयो ।No description available.
दोस्रो दिनको बिहानी प्रहरमा काव्य उत्सव साहित्यमय बन्यो । मध्य नेपालका डेढ दर्जन साहित्यकारले जैविक काव्य वाचनमा पर्यावरण, संरक्षण, समाज, देश, जनजीवन र माया प्रेमका काव्यिक रचनाहरु सुनाए । काव्य वाचनमा नवलपुरका वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, कवि दिपक सोती, कृष्णदेवि शर्मा श्रेष्ठ, करुण लम्साल, सञ्जय भट्टराई, विक्रम ढकाल अनुराग र निमा पौडेल तिवारी सहभागी भए । चितवनका भुपिन, ईश्वर कंडेल, रमेश प्रभात, सुरेन्द्र अस्तफल, गोर्खाका प्रदिप रोदन र दिग्गज धौराली, कास्कीका प्राञ्जल र त्रुपक, रुपन्देहीका सुशिल सापकोटा पनि काव्य वाचनमा सरिक भए । वाचनमा देवचुली नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत दोलखाका कवि मानबहादुर खड्का र आयोजकको तर्फबाट आदर्श सुशीलले कविता सुनाए । काव्य वाचनको सहजकर्ताका रुपमा साहित्यकार एवम् पुस्तक व्यवसायी लेखराम सापकोटा रहनुभएको थियो ।No description available.No description available.
घडियाल काव्य उत्सवको परिसरमा जब नेपाली सिने जगतका महानायक राजेश हमालको आगमन भयो तब दर्शकहरुले गड्गडाहट तालीले स्वागत गरे । दोस्रो दिनको दोस्रो सेसन “प्रकृतिसँग साहित्य”मा महानायक हमाल सहभागी भए । उक्त सेसनमा कवि भूपिन र पर्यटन व्यवसायी सन्तोष धितालका बिचमा ईश्वर कंडेलले संवाद गरे । संवादमा साहित्यको श्रीवृद्धिका साथै संरक्षणमा काव्यको भूमिकाका विषयमा कुराकानी भए ।No description available.
महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा उच्च विन्दु देवचुली पर्वतको गौरब गाथा तथा नारायणी नदि र मध्यवर्ती क्षेत्रको समस्याका विषयमा पत्रकार दिपक भट्टराईले “शीरको गाथा तीरको व्यथा”मा छलफल चलाए । सेसनमा नवलपुरको पर्यटन विकासमा देवचुलीको शीर देखि नारायणीको तीरसम्मको पर्यटकीय सम्भावनालाई उजागर गर्दै शब्द चित्र बनाएर बहस गरियो । बहसमा जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख सकुन्तला लम्साल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्ले सहभागी भए ।No description available.
काव्य उत्सवको अन्तिम सेसनमा नवलपुर जिल्लाको पर्यटकीय विकासमा देवचुली नगरपालिकाको भूमिकाका विषयमा संवाद गर्न “वैभवशाली देवचुली” सेसन चलाइयो । कोपिला भण्डारीले सहजीकरण गर्नुभएको सेसनमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र नेपाल सरकारका उप–सचिव विष्णुप्रसाद भुसालले देवचुली नगरपालिकाको पर्यटनलाई केन्द्रमा राखी चौतर्फी विषयमा संवाद गरे ।No description available.
बैशाख २२ र २३ गते दुई दिनसम्म चलेको काव्य उत्सवमा देवचुली र गैंडाकोटका विद्यार्थीहरु पनि सहभागी भए । देवचुली नगरपालिकाका भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय, नेपाल नमूना माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, सकला माध्यमिक विद्यालय, बरचुली माध्यमिक विद्यालय, विश्व ज्योति माध्यमिक विद्यालय, वाइजभिजन ईङ्लिस बोडिङ्ग स्कुल, गैंडाकोट नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय, अमर ईङ्लिस बोडिङ्ग स्कुल र  युनिक सेकेण्डरी ईङ्लिस स्कुलका विद्यार्थीहरुले काव्य उत्सवमा सहभागीता जनाएर वक्ताहरुलाई केही प्रश्न समेत गरे ।No description available.No description available.
नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, शिसवार मध्यवर्ती उपभोक्ता समितिका मनहरि पौडेलले शुभकामना मन्तव्य राख्नुभएको उत्सवमा देवचुली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका प्रमुख, साहित्यकार, स्थानीय वासिन्दा लगायतको उपस्थितिमा संचालन भएको दोस्रो घडियाल काव्य उत्सव माथि ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले प्रकाश पार्नुभएको थियो । आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षतामा सम्पन्न भएको दोस्रो घडियाल काव्य उत्सवको सहजीकरण एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।  No description available.No description available.

 

प्रकाशित : २०८० वैशाख २४ गते १७:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI