ठूला नेताको आड नपाएसम्म साना नेतालाई भ्रष्टाचार गर्ने हिम्मत हुँदैन : डा. गोविन्द केसी

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ३० गते १६:४३

काठमाडौं । डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

काठमाडौंको नक्शालमा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा सहभागी भएर डा. केसीले ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उनले बताएका छन् ।

भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ उनले भने ।

प्रकाशित : २०८० वैशाख ३० गते १६:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI