गण्डकीको आर्थिक वृद्धिदर देशमै सबैभन्दा बढी

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ४ गते १३:०९
गण्डकीको आर्थिक वृद्धिदर देशमै सबैभन्दा बढी

पोखरा : गण्डकीमा यो वर्ष सबैभन्दा आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा गण्डकीमा ३.३ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशमा २.१, कोशी प्रदेशमा २ र कर्णाली प्रदेशमा १.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ । सुदूरपश्चिम प्रदेशमा १.८, मधेशमा १.७ र बागमती प्रदेशमा सबैभन्दा कम १.४ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा भने बागमतीको योगदान सबैभन्दा बढी हुनेछ । बागमतीले कुल जिडिपीको ३६.८ प्रतिशत योगदान गर्नेछ । गण्डकी प्रदेशले ९ प्रतिशत मात्रै योगदान गर्न सक्छ । गण्डकीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ पुगेको छ भने सबैभन्दा बढी बागमतीमा २ हजार ९७ पुगेको छ ।

प्रकाशित : २०८० जेठ ४ गते १३:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI