सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ५ गते ६:२५
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश हुँदैछ । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

संयुक्त बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।

भारतमा उपचार गराएर फर्किएका पौडेलको अझै स्वास्थ्य अवस्था पूर्ण ठीक नभइसकेकाले नीति तथा कार्यक्रम वाचन गर्न सुरू पछि प्रधानमन्त्री प्रचण्डले पढ्ने तयारी थियो । तर, स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको सचिवालयले बताइसकेको छ ।

प्रकाशित : २०८० जेठ ५ गते ६:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI