“वडा अध्यक्ष संग बालबालिका“ कार्यक्रम कालिका माविद्धारा सुरु

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ८ गते १६:४९
“वडा अध्यक्ष संग बालबालिका“ कार्यक्रम कालिका माविद्धारा सुरु

८ जेठ , नवलपुर

“वडा अध्यक्ष सङ्ग बालबालिका“ कार्यक्रम नवलपुरको कालिका माध्यमिक विद्यालयले सुरुवात गरेको छ । जिल्लाको कावासोती नगरपालिका ५ मा रहेको कालिका माध्यमिक विद्यालयमा बालक्लब गठन भएपछी बालक्लबले पहिलो कार्यक्रम नै “वडा अध्यक्ष संग बालबालिका“ कार्यक्रम सुरुवात गरेको शिक्षक संयोजक सुरज कुमार भुजेलले जानकराी गराउनु भयो ।

सोमबार बाल क्वलका पदाधिकारी र शिक्षक सहित कावासोती नगरपालिका ५ का वडाध्यक्ष निरज कुमार पुन समक्ष बालबालबालिका र विद्यालयको समस्या राखेका छन् । वडाअध्यक्ष पुनले विद्यालयले गरेको यो कार्यक्रम उदाहरणिय भएको भन्दै वडाले बालबालिकाहरुहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु ल्याउने तथा बजेट विनियोजन गरिने समेत बताइएको छ ।

प्रकाशित : २०८० जेठ ८ गते १६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI