नेपाल कुमाल समाज सुधार समितिद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १० गते १३:४४
नेपाल कुमाल समाज सुधार समितिद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१० जेठ, नवलपुर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ । नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष तेलबहादुर (विशाल) कुमाल को नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो । उहाँले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताउनु भयो ।

सानो संख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका रहेको छ ।
यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो रहेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले सबै अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्धाप्रति सरकार दृढ रहेको बताउनुभयो ।

 

नेपाल कुमाल समाज सुधार समितिले कुमाल समुदायका विभिन्न समस्या समाधान लागि कानुनी र नितिगत सुधार गर्नुपर्ने, कुमाल समुदायको मुख्य चाड माघे सक्रान्तीलाई राजपत्रमा उल्लेख गर्नुपर्ने, नेपालको आदिवासी जनजाति भित्र पर्ने कुमाल समुदायलाई तत्काल मधेसी आयोगको सूचीकरण बाट हटाउनु पर्ने र बुढि गण्डकी हाइड्रोपावर बाट बिस्थापित ७५० घर कुमाल समुदायलाई सामुहिक स्थान्तरण गर्नुपर्नेबारे ध्यानाकर्षण गराउदै ज्ञापनपत्र समेत बुझाएको छ । प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाल, अभियन्ता एवं उद्यमी शान्ति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०८० जेठ १० गते १३:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI