रवि लामिछानेविरूद्वको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १० गते १५:१८
रवि लामिछानेविरूद्वको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेलले सफलले दायर गरेको योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न अदालतले आदेश दिएको हो ।

रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

युवराज पौडेलले लामिछाने गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर-२ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित : २०८० जेठ १० गते १५:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI