No ads found for this position

देवचुलीमा गैंडाको आक्रमणबाट १ जना पुरुष घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ११ गते १०:१७
No ads found for this position
देवचुलीमा गैंडाको आक्रमणबाट १ जना पुरुष घाइते
No ads found for this position

कावासोती । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट १ जना पुरुष घाइते भएका छन् ।

महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैंडाले आक्रमण गरेको हो । देवचुली १० मा रहेको सिद्धबाबा ग्यास उद्योगको पछाडी रहेको वन क्षेत्रमा बाख्रा चराउन गएका क्षेत्रीलाई गैंडालाई आक्रमण गरेको थियो ।

गैंडाको आक्रमणबाट घाईते भएका क्षेत्रीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । गैडाको आक्रमणबाट घाईते क्षेत्रीको खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

केही दिन अघि देवचुली १० मा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। बारम्बार गैंडाको आतंक हुँदा समेत निकुञ्जमा नियन्त्रणको लागि अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।

प्रकाशित : २०८० जेठ ११ गते १०:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI