माध्यमिक तह सम्म निशुल्क शिक्षाको माग गर्दै नेविसंघद्वारा आन्दोलन घोषणा

NAWALPUR TIMES

माध्यमिक तह सम्म निशुल्क शिक्षाको माग गर्दै नेविसंघद्वारा आन्दोलन घोषणा
1685028460998

कावासोती । कावासोती नगरपालिकामा माध्यमिक तह सम्मको शिक्षा पुर्ण रुपमा निशुल्क हुनु पर्ने व्यवस्था सहित आगामी आर्थिक वर्ष ०८०/८१ को निति तथा कार्यक्रम र बजेट ल्याईनु पर्ने माग सहित नेपाल विद्यार्थी संघ कावासोती नगर समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

यस अघि नगरप्रमुख विष्णुप्रसाद भुसाललाई आगामी आर्थिक वर्ष ०८०/८१ देखि निति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेर माध्यमिक तह सम्मको शिक्षा पुर्ण रुपमा निशुल्क हुने व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको भए पनि नगर प्रमुख तथा नगरपालिकाले शिक्षा जस्तो संवेदनशील विषय तथा संविधानमा उल्लेख गरिएको माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने व्यवस्थालाई समेत चासो नदिएको भन्दै बिहिबार बसेको नेविसंघ कावासोती नगरसमितिको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको नेविसंघका नगर सभापति कुमार क्षेत्रीले जानकारी दिए ।

नेविसंघले घोषणा गरेको आन्दोलनका कार्यक्रममा नगरपालिका अगाडि प्ले कार्ड प्रर्दशन, नगरपालिकामा धर्ना, शिक्षा शाखामा तालाबन्दी तथा रिले अनसन रहेका छ्न । नेविसंघले आगामी जेठ १४ गतेबाट आन्दोलनका कार्यक्रम अगाडी बढाउने सभापति क्षेत्रीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology