गैँडाकोटमा ज्येष्ठ १४ गतेदेखि “मकै घर” सञ्चालनमा आउने

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ११ गते २१:५३
गैँडाकोटमा ज्येष्ठ १४ गतेदेखि “मकै घर” सञ्चालनमा आउने

नवलपुर । मकैका पारखीहरुका लागि गैँडाकोटमा जेठ १४ गतेदेखि मकै घर सञ्चालनमा आउने भएको छ । गैँडाकोट नगरपालिका वडा ५ स्थित नगरपालिका चोकमा मकैघर सञ्चालनमा आउन लागेको हो ।मकैबाट बनेका विभिन्न परिकारहरु मकैघरमा उपलव्ध हुने मकैघरका सञ्चालक लिला सापकोटाले बताउनुभयो । मकैबाट बनेका झण्डै एकदर्जन परिकारहरु मकैघरमा उपलव्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।

पोलेको मकै, उसिनेको मकै,मकैको चटपट, मकै चिल्ला, साँधेको मकै, भुटेको मकै, मकैको पुलाउ तथा मकैको पकौडा लगायतका परिकारहरु ग्राहकहरुको लागि उपलव्ध गराइने छ । मकैघरमा मोही, दही, उखुको जुस, मेवाको लस्सी सहित विभिन्न प्रकारका फलफुलबाट बनेका जुसहरु पाउन सकिने छ ।

मकैलाई धुँवा रहित तवरले आधुनिक मेसिन मार्फत कोइला र ग्याँसको प्रयोग गरेर तयार गर्नका लागि दुईवटा अलग अलग मेसिन समेत ल्याइसकिएको छ । मकैघर सञ्चालनको लागि करिव १५ लाख रुपैयाँ लगानी भएको मकैघरले जनाएको छ ।

प्रकाशित : २०८० जेठ ११ गते २१:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI