अविनाश ह्याचरीको गोदाम घरमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १६ गते ७:१३
अविनाश ह्याचरीको गोदाम घरमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका– १३ सिख्रौलीमा रहेको अविनाश ह्याचरीको गोदाम घरमा आगलागी भएको छ।

गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा सोमबार दिउँसो २ बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

पाठकका अनुसार आगलागीबाट दुई करोड ५० हजार रुपैयाँबराबरको धनमाल जलेर क्षति भएको छ।

प्रहरी र स्थानीय बासिन्दाले भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकलको सहायताले साढे तीन बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन समय लाग्ने पनि प्रहरीले जनाएको छ।

 

प्रकाशित : २०८० जेठ १६ गते ७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI