No ads found for this position

टी-ट्वान्टी सिरिजः मलेसियाविरुद्ध नेपाल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १६ गते ११:४६
No ads found for this position
टी-ट्वान्टी सिरिजः मलेसियाविरुद्ध नेपाल विजयी
No ads found for this position
कावासोती ।  घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा पराजय भोगेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले हरायो । यससँगै सिरिज १-१ को अवस्थामा पुगेको छ ।

जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा सर्वाधिक २९ रन बनाइन् । उनले ३ चौका र १ छक्का हिर्काइन् । कविता कुँवरले २६ रन तथा सिता राना मगरले २३ रन जोडे । सिताले २२ बलको सामना गर्दा २ चौका र १ छक्का हिर्काइन् । जारी सिरिजमा छक्का हिर्काउन सिता पहिलो खेलाडी हुन् ।

मलेसियाका लागि आइस्या इलिसा, निक नुर र विनिफ्रेड अनेले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९६ रन जोड्यो । मलेसियाका लागि मास इल्यसा यास्मिनले सर्वाधिक २८ रन तथा विनिफ्रेड अन्ने र वान जुलियन वानले समान २०-२० रन बनाए ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ विकेट हात पार्दा कविता कुँवर र इन्दु वर्माले एक-एक विकेट हात पारे ।

यसअघि पहिलो खेल मलेसियाले ५ विकेटले जितेको थियो ।

प्रकाशित : २०८० जेठ १६ गते ११:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI