चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनद्धारा विद्यालयलाई खेल सामग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १६ गते १५:२०
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनद्धारा विद्यालयलाई खेल सामग्री वितरण

१६ जेठ, नवलपुर ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ बुटवल सडकखण्डको विस्तार ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ । नवलपुरको कावासोती नगरपालिका ३ स्थित राजमार्ग छेउमा रहेको जिवन ज्योति माध्यमिक विद्यालयलाई खेल सामाग्री वितरण गरेको हो । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले विद्यालयलाई १९ प्रकारका खेल सामाग्री प्रदान गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने चाईना स्टेट ईन्जिनियरिङ करपोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर ईन्जिनियर राकेश झाले बताउनु भयो । विद्यार्थीहरुको न्युनतम आवश्यकता पुर्ति गर्ने उदेश्यले विद्यालयमा, स्टेस्नरी सामाग्री, व्यामिन्टन, भलिबल, फुटबल, बास्केट बल , केरमवोर्ड, हाईजिनीक प्याक, लगायतका सामाग्रीहरु बितरण गरिएको थियो ।
विद्यालयमा आउने अधिकांश बालबालिकामा किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले खेलकुदका मार्फत पनि आफुलाई अगाडी बढाउन आवश्यक रहेको कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी महतोले बताउनु भयो । यस्तै चाईना स्टेट ईन्जिनियरिङ करपोरेसनले खेदकुद र शैक्षिक सामाग्रीहरु वितरण गरेर विद्यार्थीलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीले आग्रह गर्नुभयो ।

 


विद्यार्थीलाई सडक विस्तारका क्रममा विभिन्न ठाउँमा निमार्ण सामाग्री राखिएको साथै नाला बनाउने , माटो भर्ने, कालो पत्रे गर्ने कार्य तिव्र रुपमा भएकाले सडकमा आवतजावत गर्दा विद्यार्थीले सुरक्षा अपनाउनका लागि लक्ष्मण गुरुङले सचेत गराउनु भएको थियो । यस अघि पनि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तिन विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिसकेको छ ।

प्रकाशित : २०८० जेठ १६ गते १५:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI