No ads found for this position

संघीय बजेटमा नवलपुर : कुन पालिकालाई कति ?

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १६ गते १८:५८
No ads found for this position
संघीय बजेटमा नवलपुर : कुन पालिकालाई कति ?
No ads found for this position

सन्जय भट्टराई/कावासोती ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ । जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।

यसै बीच सेमबार प्रस्तुत बजेटमा नवलपुरमा कुल बजेटको ३ अरब ४३ करोड ७७ लाख वित्तिय हस्तान्तरण हुने भएको हो । जिल्लाका आठ वटा स्थानिय तह मध्ये ४ वटा गाउँपालिकालाई समानीकरण अनुदान ३७ करोड ५८ लाख, सशर्त अनदान ९० करोड ९० लाख, विशेष अनुदान ३ करोड ६० लाख गरी र समपुरक १ करोड ९० लाख गरी १ अर्ब ३३ करोड ९८ लाख हस्तान्तरण भएको हो ।

त्यसै गरि ४ वटा नगरपालिकालाई समानीकरण अनुदान ६० करोड ९३ लाख, सशर्त अनदान १ अर्ब ४० करोड १३ लाख, विशेष अनुदान ६ करोड १३ लाख गरी र समपुरक २ करोड ६० लाख गरी २ अर्ब ९ करोड ७९ लाख हस्तान्तरण भएको हो ।

संघीय सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण अन्र्तगत नगरपालिका तर्फ चालु खर्चमा १ अर्ब ९४ करोड ५७ लाख र पूजीगत खर्च १५ करोड २२ लाख र गाउँपालिका तर्फ १ अर्ब २४ करोड १८ लाख चालु र ९ करोड ८० लाख पुजीगत खर्चको बजेट रहेको छ ।

 

कुन पालिकालाई कति बजेट ?

 

यसै बीच जिल्लामा सबै भन्दा धेरै बजेट कावासोती नगरपालिकाले पाउने देखिएको छ ।अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्र्तगत कावासोती नगरपालिकाले समानिकरण अनुदानमा १६ करोड ६५ लाख, शर्सत अनुदानमा ३८ करोड ३९ लाख, विशेष अनुदानमा २ करोड ५० लाख, समपुरक अनुदानमा ५० लाख गरेर कुल ५८ करोड ४ लाख बजेट पाउने भएको छ ।

त्यसै गरि गैडाकोट नगरपालिकाले समानिकरण अनुदानमा १६ करोड ७ लाख, शर्सत अनुदानमा ३४ करोड ३० लाख, विशेष अनुदनामा ९३ लाख, समपुरक अनुदानमा ५० लाख गरि कुल ५१ करोड ८० लाख, देवचुली नगरपालिकाले समानिकरण अनुदानमा १३ करोड ३२ लाख, शर्सत अनुदानमा ३२ करोड ६१ लाख, विशेष अनुदानमा ७० लाख र समपुरक अनुदानमा ८० लाख गरि कुल ४७ करोड ४३ लाख, मध्यविन्दु नगरपालिकाले समानिकरण अनुदानमा १४ करोड ८९ लाख, शर्सत अनुदानमा ३४ करोड ८३ लाख, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख गरि कुल ५२ करोड ५२ लाख बजेट प्राप्त गर्ने भएका छन ।

त्यसै गरि गाउँपालिका तर्फ बौदीकाली गाउँपालिकाले समानिकरण अनुदानमा ७ करोड ८६ लाख, शर्सत अनुदानमा १८ करोड ४४ लाख, समपुरक अनुदानमा ५० लाख गरि २६ करोड ८० लाख, बुलिङटार गाउँपालिकाले समानिकरण अनुदानमा ८ करोड ३७ लाख, शसैत अनुदानमा २३ करोड ११ लाख, विशेष अनुदानमा १ करोड गरि कुल ३२ करोड ४८ लाख, विनयी त्रिवेणी गाउँपालिकाले समानिकरण अनुदानमा ११ करोड ५९ लाख, शर्सत अनुदानमा २८ करोड ७४ लाख, विशेष अनुदानमा ८० लाख र समपुरक अनुदानमा ८० लाख गरि ४१ करोड ९३ लाख तथा हुप्सेकोट गाउँपालिकाले समानिकरण अनुदानमा ९ करोड ७६ लाख,, शर्सत अनुदानमा २० करोड ६१ लाख, विशेष अनुदानमा १ करोड ८० लाख र समपुरक अनुदानमा ६० लाख गरि कुल ३२ करोड ७७ लाख बजेट पाउने छन ।

आगामी आ.व वर्षको बजेटमा ३ अरब ४३ करोड ७७ लाख बजेट आउने देखिए पनि ७ प्रतिशत अर्थात २५ करोड २ लाख मात्रै बजेट स्थानिय तहले विकास निर्माणको क्षेत्रमा खर्च गर्न पाउने छन ।

प्रकाशित : २०८० जेठ १६ गते १८:५८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI