कालीगण्डकी करिडोरको गैंडाकोट बुलिङ्गटार सडक खण्डमा बस दुर्घटना : ९ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १६ गते २१:००
कालीगण्डकी करिडोरको गैंडाकोट बुलिङ्गटार  सडक खण्डमा बस दुर्घटना : ९ जना घाईते

कावासोती । कालीगण्डकी करिडोरको गैंडाकोट बुलिङ्गटार सडकखण्डको तरङ्गेमा यात्रु बाहक बस दुर्घटना भएको छ ।

चितवनबाट बुलिङटारको घुमारीघाट मा धार्मिक भ्रमणमा गएको बा २ ख ७५८३ नं.को बस गैंडाकोट-३ तरङ्गे खोला नजिकै ब्रेकफेल भई सडकको बांया साइडमा पल्टिन जादा उक्त बसमा सवार २७ जना यात्रु मध्ये ९ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

डिएसपी पाठकका अनुसार घाईतेहरुलाई उपचारका लागि मेडिकल कलेज भरतपुर तर्फ पठाईएको छ ।बसमा सवार यात्रुको संख्या २७ भए पनि एकिन विवरण आउन भने बाकी रहेको डिएसपी पाठकले बताए ।

दुर्घटनाको थप विवरण आउन बाकी रहेको र अन्य सकुसल यात्रु अर्को सवारी साधनमा घर फर्किएका बताउदै पाठकले घाईतेको परिचय खुली नसकेको बताए । घटनास्थल गैंडाकोटबाट २७ किलोमीटर उत्तरमा पर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० जेठ १६ गते २१:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI