No ads found for this position

 फोहोरलाई मोहोरमा परिणत गर्दै देवचुली नगरपालिका 

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १७ गते २०:००
No ads found for this position
 फोहोरलाई मोहोरमा परिणत गर्दै देवचुली नगरपालिका 
No ads found for this position

यामु कुमाल ,
१७ जेठ, नवलपुर ।
नवलपुरको देवचुली नगरपालिकाले फोहोरलाई मोहोरमा परिणत गर्ने भएको छ । बुधबार आर्थिक वर्ष २०७९÷०८० को विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धीको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नगरप्रमुख हरिप्रसाद न्यौपानेले उक्त कुरा बताउनु भएको हो । उहाँले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा दिगो फोहोर व्यवस्थापनलाई जोड दिदै अब पालिकाले फोहोरलाई फोहोरमा परिणत गर्ने बताउनु भयो ।

 

नगरप्रमुख न्यौपानेले फोहोरलाई दिगोरुपमा व्यवस्थापन गर्दे अर्थात् नगरभित्रबाट संकलित फोहोरलाई प्राङ्गारिक मलमा रुपान्तरण गरेर मोहोरमा परिणत गर्ने बताउनु भएको हो ।
यस्तैगरी उहाँले शिक्षा , स्वास्थ्य , कृषि , महिला तथा बालबालिका सशक्तिकरण लगायतका महत्वपूर्ण कार्यहरुलाई आगामी आर्थिक वर्ष २०८०÷०८१ म्को निति तथा कार्यक्रममा समेट्ने बताउनु भएको छ । नगरपालिकाले कृषिलाई प्राथमिकतामा राख्दै कृषिको माध्यमबाट नगरभित्रका जनतालार्य आयआर्जनमा जोड्ने बताउनु भयो ।

सार्वजनिक कार्यक्रममा बोल्ने वक्ताहरुले ट्रमा सेन्टर , देवचुली नगरभित्र रहेका सिमान्तकृत समुदाय बोटे माझी मुसहर समुदाय भौतिक सामाजिक , आर्थिक तथा शिक्षाको पह’ँतबाट टाढा रहेको भन्दै नगरले उक्त समुदायलाई के कसरी सम्बोध गर्ने हो ? भनेर प्रश्न गरेका थिए । उनीहरुले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गामा आफ्नो स्वामित्व नभएकाले लालपूर्जा कहिले उपलब्ध गराउने लगायतका विषयमा उठान गरेका थिए ।

उक्त कुराहरुको जवाफ दिदै नगरप्रमुख हरिप्रसाद न्यौपानेले सुकुम्बासी समस्या समाधानका लागि नगरपालिकाले प्राथमिकतामा राखेर कामकार्यहरु गरिरहेको बताउनु भयो । भने नगरभित्रका पर्यापटन प्रवद्धन र संरक्षणका लागि पनि नगर लागि परेको बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा देवचुली नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ नवलपुर शाखाको संयोजनमा भएको हो ।

कार्यक्रममा देवचुली नगरपालिकाका नगरउपप्रमुख पार्वता तिवारी , नगरपालिकाका वडाध्यक्षहरु र स्थानियहरुको उल्लेखनीय उपिस्थत रहेको थियो । कार्यक्रम साहारा पार्टी प्यालेसमा भएको थियो ।

प्रकाशित : २०८० जेठ १७ गते २०:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI