कावासोती । राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपुरमा सबै भन्दा धेरै जनसंख्या मगर जातीको रहेको तथ्यांक सार्वजनिक भएको छ ।
शुक्रबार केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को विवरण अनुसार नवलपुरमा मगरहरुको जनसंख्या २७.४९ प्रतिशत अर्थात १ लाख ३ हजार ९ सय ४९ रहेको छ ।
जातका आधारमा जिल्लाको जनसंख्याको दोस्रो स्थान ब्राह्मण (पहाडी ) को २३.७ प्रतिशत अर्थात ८९ हजार ६ सय २७ रहेको छ । तेस्रो स्थानमा थारुसमुदायको जनसंख्या ४१ हजार ४ सय ९३ अर्थात १०.९७ प्रतिशत रहेको छ । त्यसै गरि क्षेत्रीको जनसंख्या ३१ हजार २ सय २ अर्थात ८.२५ प्रतिशत, विश्वकर्माको जनसंख्या २३ हजार ६ सय ६ अर्थात ६.२४ प्रतिशत रहेको केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
केन्द्रिय तथ्यांक विभागका अनुसार कुमालको जनसंख्या १४ हजार ३ सय ८ अर्थ ३.७८ प्रतिशत, नेवारको जनसंख्या ११०५७(२.९२ %), गुरुङको जनसंख्या १०९०९(२.८८%), परियारको जनसंख्या १०१३१(२.६७%) रहेको छ ।
केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नवलपुरमा कुल ६८ जातजातिको बसोबास रहेको छ ।
प्रकाशित : २०८० जेठ २१ गते १५:२२
No ads found for this position
Facebook Comment