सन्दीपले विश्वकप छनोट खेल्ने, भोलि जानेछन् दक्षिण अफ्रिका

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २१ गते १५:३३
सन्दीपले विश्वकप छनोट खेल्ने, भोलि जानेछन् दक्षिण अफ्रिका

कावासोती । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको तयारी र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने भएका छन् ।

बलात्कारको मुद्दा खेपिरहेका सन्दीपले असार २९ गतेको साधारण पेसी तोकिएपछि विश्वकप छनोटको तयारी र विश्वकप छनोटसमेत खेल्ने निश्चित बनेको हो ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले उनलाई असार २९ को साधारण पेसी दिइएको बताए । “आज अदालतले असार २९ का लागि साधारण पेसी तोकिएको छ । सुनुवाइ पेसी अहिले तोकिएन,” सापकोटाले भने ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्ने बताए । क्यानका कार्यवाहक सचिव दूर्गाराज पाठकले भने, “सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्नेछन् । अब उनी विश्वकप छनोट सकेर नै फर्किनेछन् । उनको साधारण तारिख असार २९ गते तोकिएको छ ।”

प्रकाशित : २०८० जेठ २१ गते १५:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI