नवलपुरमा जेष्ठ २३ गते देखि प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २२ गते २१:२३
नवलपुरमा जेष्ठ २३ गते देखि प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँदै

२२ जेठ , नवलपुर।
नवलपुरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुदले पर्यटन विकासलाई जोड दिदै प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुन लागेको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ । विद्यालयस्तरका बालबालिकामा खेलाडी पहिचान गर्न , खेल मैदानमा ल्याउने,सिकाउने र विभिन्न प्रतियोगितामा पु¥याउदै गण्डकी प्रदेशलाई खेलमा अब्बल बनाउनका लागि पनि उक्त खेलको आयोजना गरिएको हो । खेल दिन सम्म चल्नेछ । २५ गते फाइल खेल हुने प्रतियोगितामा नवलपुर ,स्याङ्जा ,तनहुँ ,लमजुङ ,गोर्खा र बाग्लुङ गरि ६ जिल्लाको सहभागीता हुनेछ ।

जेष्ठ २३ गते हुने उद्घाटन खेलमा नवलपुर र गोरखाबिच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको तयारी पूरा भइसकेको छ । प्रतियोगिताका विजेतालाई ५० हजार ,उप विजेतालाई ३० र सेमिफाइनलमा पुगेका टिमलाई १०÷१० हजार प्रदान गरिने छ । प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिति नवलपुरको संयुक्त आयोजनामा खेल हुन लागेको हो । कावासोती १७ स्थित सरस्वती मावि गोछडाको खेलमैदानमा प्रतियोगिता हुनेछ ।

प्रकाशित : २०८० जेठ २२ गते २१:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI