No ads found for this position

‘रेकर्ड ब्रेक’ भएका क्षेत्रमा अझै तापक्रम बढ्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २६ गते ९:३६
No ads found for this position
‘रेकर्ड ब्रेक’ भएका क्षेत्रमा अझै तापक्रम बढ्छ ?
No ads found for this position

कावासोती । नवलपुर, ओखलढुंगा, सुनसरी, र इलाममा अहिलेसम्मकै उच्च गर्मी भएको छ । यी जिल्लामा हालसम्कै उच्च तापक्रम मापन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपुरको दुम्कौलीमा हालसम्मकै उच्चतम तापक्रम मापन भएको हो ।  ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ ।

विभागले १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको जानकारी दिएको छ ।

table1686279247.JPG

मध्य तराई तथा पश्चिम तराईमा अझै तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् ।

“आज कोसी प्रदेशमा तापक्रम केही घट्ने सम्भावना देखिएको छ । बदलीको सम्भावना रहेकाले पूर्वी क्षेत्रको तापक्रम केही घट्छ कि भन्ने छ,” मौसमविद् लामिछाने बाह्रखरीसँग भन्छन्, “तर, मध्य तराई र पश्चिम तराईमा आज पनि तापक्रम उच्च रहनेछ । तापक्रम हिजोको भन्दा बढ्न पनि सक्छ । यदि, बढेन भने पनि स्थिर रहन्छ ।”

अझै केही दिन तापक्रम उच्च रहने उनको भनाइ छ ।

प्रकाशित : २०८० जेठ २६ गते ९:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI