भारतीय सञ्चारमा मेयर ‘बालेन’

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १ गते १४:२९
भारतीय सञ्चारमा मेयर ‘बालेन’

कावासोती । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले भारतीय चलचित्र आदिपुरुषमा समावेश विवादास्पद संवाद र काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया समेटेर समाचार सम्प्रेषण गरेको छ।

बिहीबार साँझ मेयर शाहले फेसबुक मार्फत आफ्नो प्रतिक्रिया दिए लगत्तै उक्त माध्यमले आफ्नो अनलाइन संस्करणमा बिहीबार राती करिब साढे दश बजे नै समाचार सम्प्रेषण गरेको हो।

‘काठमाडौँका मेयर बालेनले फिल्म आदिपुरुष रिलिज हुन नदिने चेतावनी दिएपछि फिल्म निर्माताले ‘सिता भारतकी छोरी हुन’ भन्ने विवादास्पद संवाद हटाए’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरिएको छ।

मेयर शाहको फेसबुक स्ट्याटसको स्क्रिन सर्टसहित समाचार प्रकाशित गरिएको छ। उनले आफ्नो स्ट्याटसमा लेखेका सबै कुरालाई समेटिएको छ। टाइम्स् अफ इन्डियाले उक्त समाचार आफ्नो मनोरञ्जनमा पेजमा प्रकाशन गरेको  छ।

मेयर शाहले दक्षिण भारतको उक्त फिल्मको टेलरमा समेटिएको वाक्य नेपालका लागि मात्र नभई र भारतीय दर्शकका लागि पनि हटाउन चेतावनी दिएका हुन। उनले तीन दिन भित्र त्यो वाक्य नहटाए काठमाडौँ महानगर भित्र आदिपुरुष मात्र होइन कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन्।

यही विवादले नेपालमा रिलिज भएन ‘आदिपुरुष’ फिल्म आदिपुरुष आज शुक्रवार (असार १, जुन १६) सबै तीर रिलिज हुँदैछ। तर नेपालमा भने यही विवादका कारण फिल्म रिलिज हुन सकेन।

मेयर बालनेको चेतावनी पछि फिल्म निर्माताले उक्त वाक्य हटाएर रिलिजका लागि पुनः नेपाल पठाएका थिए। त्यो हटाएपछि नेपालको सेन्सर बोर्डले पनि प्रदर्शनका लागि स्वीकृत दियो। तर मेयर बालेनले नेपालका लागि मात्र होइन भारतीय दर्शकका लागि पनि त्यो वाक्य हटाउनुपर्ने अडान लिएपछि फिल्म ‘आदिपुरुष’ प्रदर्शन हुन नसकेको हो। क्यूएफएक्सलगायत हल सञ्चालकहरूले यस विषयमा सरकारको प्रतिक्रिया र स्पष्टीकरणको प्रतीक्षा गरिरहेका छन्।

टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा उल्लेखित सबै विषयलाई समेटेको छ। उक्त फिल्मको टेलरमा ‘सिता भारतीय छोरी हुन्’ भनिएको छ जबकि महाभारतका अनुसार सिता नेपालको जनकपुरमा जन्मिएकी हुन्। उनलाई भगवान् रामले विवाह गरेका हुन्।

फिल्ममा कलाकार प्रभासले भगवान् राम, कीर्ति साननले सिता र सन्नी सिंहले लक्ष्मणको भूमिका निर्वाह गरेका छन्। अर्का पुराना कलाकार  सैंफ अलि खान रावणको भूमिकामा देखिनेछन्। यो फिल्म असार १ गते हिन्दी, तामिल, तेलेगु, मलायलम र कन्नडा भाषामा रिलिज हुदैछ।

प्रकाशित : २०८० असार १ गते १४:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI