No ads found for this position

बालबालिकाको विकासमा खेलको भूमिका

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ४ गते १४:०१
No ads found for this position
बालबालिकाको विकासमा खेलको भूमिका
No ads found for this position

बालबालिकालाई मनोरञ्जन दिने कुनै पनि क्रियाकलापलाई खेल भन्न सकिन्छ । बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु/बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गीण विकास आशा गर्न सकिदैन । खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल्न पाउनुपर्दछ ।

खेलबाट बालबालिकाले विश्व ब्रम्हाण्डलाई मस्तिष्कमा समाहित गर्छन् । खेलबिना बालबालिकालाई पूर्ण मानव बनाउने कार्य असम्भव हुन्छ । यही तथ्यलाई सर्वप्रथम जर्मनीका फैड्रिक फ्रोवेलले पहिचान गरी ई.स. १८३७ बालबालिकाले खेलेर सिक्ने ठाउँ किन्डरगार्टेनको सुरु गरेर विश्वभरका बालबालिकालाई खेलबाट सिक्ने अवसर दिलाए, जुन आजको प्रारम्भिक बाल शिक्षाको रूपमा स्थापित भएको छ ।

खेलका प्रकार   

बालबालिकाले गर्भबाट नै हातखुट्टा चलाएर तथा आमाबुबाको आवाजअनुसार सक्रियता देखाएर खेल्न सुरु गरिसकेका हुन्छन् । जन्मपछि साना बालबालिकाले विभिन्न इन्द्रियहरूको प्रयोगबाट खेल्न र सिक्न थाल्छन् ।द्धघ बालबालिकाको विकास क्रमसँगै आफैँ खेल्ने हुन थालेपछि बालबालिकाका खेललाई निम्नानुसार छुट्याउन सकिन्छः

१.     शारीरिक सञ्चालनका खेल – बालबालिकाले स्थूल अङ्ग सञ्चालनका खेलहरू, जस्तै उफ्रिने दौडने, झुण्डिने, तन्किने, मच्चिने, फट्किने आदि खेलहरू शारीरिक सञ्चालनका खेलहरू हुन् । यस्ता खेलहरूले बालबालिकाले शारीरिक सन्तुलन कायम गर्न, शरीरको शक्ति बढाउन सक्षम हुन्छन् ।
२.     अभिनयात्मक खेल – बालबालिकाले देखेका सुनेका भोगेका तथा कल्पना गरेको अवस्थालाई शारीरिक हाउभाउ वा लुगाफाटा, विशेष वस्तुहरू तथा आवाज परिवर्तन गरेर अभिनयद्वारा रमाइलो गर्ने क्रियाकलाप अभिनयात्मक खेल हो । यस खेलमा आफूलाई रहर लागेको पेसाको अभिनय, परिवारका सदस्यले आफूलाई गरेका व्यवहार, अन्य कसैबाट भएका दुव्र्यवहार, आफूले देखेका र घतपरेका घटना, दुर्घटना, घरमा गरिने दैनिक क्रियाकलापहरूको पनि अभिनय गर्ने गर्दछन् ।
३.     अन्वेषणात्मक खेल – बालबालिकाले जन्मेदेखि नै आफ्ना इन्द्रियहरूको प्रयोगले खोज अनुसन्धान गरिरहेका हुन्छन् । उमेर बढ्दै जाँदा उनीहरूको जिज्ञासाहरू पुरा गर्न वस्तुहरूको प्रयोगबाट खोजपूर्ण खेल खेल्ने गर्दछन्, जस्तै  बाटाभरिको पानीमा कागज हालेमा के हुन्छ ? दुईओटा भाँडा जुधाउदा के हँुदोरहेछ ? सलाई कोर्दा के हुँदोरहेछ ? जस्ता जिज्ञासाले खोज अनुसन्धान गरिरहेका हुन्छन् ।
४.    निर्माणात्मक खेल – विभिन्न खालका सामग्रीहरू जस्तैः गुणस्तरीय काठका टुक्रा, खोया, साना कार्टुन वा कार्टुन बाकस आदिको प्रयोग गरेर बालबालिकाले घर, गोठ, पुल, ठुलाठुला भवन, पर्खालको कल्पना गरेर निर्माण गर्ने खेललाई निर्माणात्मक खेल भनिन्छ । यसबाट उनीहरूले देखेका कल्पना गरेका भौतिक पूर्वाधारहरूलाई वास्तविक बनाउने प्रयास गर्छन् ।
५.    सिर्जनात्मक खेल – अवलोकन गरेर, सुनेर अनुभव गरेर, कल्पना गरेका कुनै पनि वस्तु, अवस्था, वातावरणको सिर्जनागर्ने क्रियाकलाप हो । यसको लागि कल्पना गरेका वस्तु, वातावरण वा अवस्था सिर्जना गर्न साधनको आवश्यकता पर्छ जस्तैः क्रेयनले चित्र कोर्ने, कैचीले काट्ने, च्यात्ने, टाँस्ने गम माटो, बालुवा, खेरजाने पातहरू, धुलो माटो आदि । यसको प्रयोगले बालबालिकाले स्वतन्त्र रूपमा आफूलाई मनपरेको सिर्जना गर्दछन् ।
६.   विषयवस्तुअनुसारको खेल – विषयवस्तुमा आधारित खेलहरू प्रायः पूर्व प्राथमिक कक्षा वा बालविकास केन्द्रमा खेलाइन्छ । कक्षामा जुन विषयवस्तु सञ्चालन भइरहेको छ, सोही विषयमा विभिन्न खेल खेलाइन्छ । जस्तै जनावरको विषयमा सिकाउँदा उस्तैे नक्कल गर्दै हिँड्ने कराउने । यसैगरी सबै विषयमा सुहाउँदो खेलहरू खेलाउन सकिन्छ । अभिभावकले पनि केही कथा सुनाउँदा सो कथासँग सम्बन्धित खेल खेलाउन सकिन्छ भने विभिन्न विषयहरू खेलमार्फत सिकाउँदा बालबालिकाले चाँडै सिक्छन् ।

प्रकाशित : २०८० असार ४ गते १४:०१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI