कविता : “म”

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ७ गते १६:१९
कविता :  “म”

राजन पाण्डे

 

“म”

अक्षर “म”।
शब्द पनि “म”।
नाम “म”। सर्वनाम “म” ।
हर चिज को रचना “म”।
हर चिज को खटनपटन को प्रणाली र संरचना “म” ।।

जीवनको प्रस्थान र अन्त्यसम्मको परिधी पनि “म”।
जगतलाई हेर्ने आँखीझ्याल पनि “म” ।

आफूबाहेक अरुलाई देख्ने “म” ।
आफूलाई छेक्ने, अरुलाई सेक्ने “म”।

गर्न जान्ने “म” ।
मलाई मन पर्ने मात्र छान्ने “म” ।
म को स्वार्थका लागि अरुलाई छानिछानी हान्ने “म”।।

जीत “म” को होस् ।
हित “म” को होस् ।
सान “म” को होस् ।
मान “म” को होस् ।
यही आराधना गर्ने म ।

जान्ने “म” ।
सुन्ने “म” ।
उचाई ” म” ।
श्रेष्ठता “म” ।
राम्रो पनि “म” ।
…..…………
…………..
………….
……….
सबैभन्दा बढी “म” को दास “म”

 

(लेखक कावासोती नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत हुन ।)

प्रकाशित : २०८० भदौ ७ गते १६:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI