तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १० गते १४:१०
तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ

तनहुँ । तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६, कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीनजना छन् । शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० भदौ १० गते १४:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI