हुप्सेकोटमा भदौ २२ बाट युनाईटेड गोल्ड कप हुँदै,देशभरका चर्चित फुटबल क्लब सहभागी हुने

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १८ गते १३:४८
हुप्सेकोटमा भदौ २२ बाट युनाईटेड गोल्ड कप हुँदै,देशभरका चर्चित फुटबल क्लब सहभागी हुने

कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष भदौ २२ गतेबाट सुरु हुने भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा संचालन हुन लागेको हो ।

प्रतियोगितामा देशभरका चर्चित फुटबल क्लब र खेलाडीहरु सहभागी हुने खेल संयोजक प्रेमध्वज सारुले बताए ।


प्रतियोगिताको विजेताले २ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ३५ हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक सारुका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुसासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ ।

यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै विदेशि खेलाडिहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै विदेशि खेलाडिलाई टिममा समाबेश गराउन पाउने गरि नियम गराईएको क्लबका अध्यक्ष हरि थापा बताए ।
थापाका अनुसार भदौ २२ गते ३ बजे भब्य समारोहका बिच उदघाटन गरिने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
निरन्तर ३७ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ ।

प्रकाशित : २०८० भदौ १८ गते १३:४८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI