राजन पाण्डे-
काम खोजेर गयो ।
कलेज रोजेर गयो ।
जे पर्छ उतै गर्छु भनेर गयो ।
बाध्यता र रहर दुबै घोलेर गयो ।
देश…….विदेश गयो …..
त्रिभुवन विमानस्थलमा खादा लगाएका युवाहरूको भिड छ ।
संसद भवनमा देश बनाउने कसम खाएकाहरु को भिड छ ।
देश बनाउनेहरूको भीड त,
वडा, नगर, प्रदेश र संघ यत्रतत्र छ ।
सुनसान भने,
घरगाउँ मात्रै हो ।
सन्तान बाहिरिएका बा आमाहरूको मन मात्रै हो ।
उत्पादन र उपभोगको श्रृंखला मात्रै हो ।
देश बिदेश गयो ।
काम खोजेर गयो ।
कलेज रोजेर गयो ।
जे पर्छ उतै गर्छु भनेर गयो ।
बाध्यता र रहर दुबै घोलेर गयो ।
कुशासनको यातनाले लछारिएर गयो ।
आशाले विश्राम नलियोस् ।
विश्वासले आत्मदाह नगरोस् ।
भरोसाले शास नछोडोस् ।
देशको माटो र चारकिल्ला चाहिँ रही राखोस् ।
विश्व मानचित्रमा नेपालको नक्सा भई राखोस् ।
(लेखक कावासोती नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत हुन ।)
प्रकाशित : २०८० भदौ २३ गते १९:१५
No ads found for this position
Facebook Comment