No ads found for this position

गैंडाकोट कांग्रेसको तिज गीत प्रतियोगितामा गैंडाकोट १ प्रथम

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २४ गते १९:०१
No ads found for this position
गैंडाकोट कांग्रेसको तिज गीत प्रतियोगितामा गैंडाकोट १ प्रथम
No ads found for this position

गैंडाकोट । नेपाली काङ्ग्रेस नगरकार्य समिती गैंडाकोटले ११० औं वि.पि जयन्तीका अवसरमा अन्तर वडा तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

गैंडाकोट नगरका १६ वडाका महिला समूहले सहभागिता जनाएको कार्यक्रममा वडा १ ले प्रथम स्थान हासिल गरेको छ

कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम सम्बोधन गर्दै अधिकारीले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना हुने यस्ता प्रतियोगिताले एकजुट भएर अगाडी बढन र कला संस्कृति र परम्परा र भेषभुसाको संरक्षणमा सहयोग गर्ने बताए ।

गैंडाकोट नगरकी उप प्रमुख शान्ति कोइरालाले संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण सम्बर्द्धनगर्न महिलाहरु नै आगाडी बढनु पर्ने बताउदै यस्ता प्रतियोगिताले आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने आशा व्यक्त गरिन ।

नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको प्रतियोगितामा “महिला सशक्तीकरण मा काङ्ग्रेसको भुमिका” विषयमा सहभागीहरुले गीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा वडा नम्बर १ प्रथम, वडा नम्बर ४ दोश्रो, वडा नम्बर २ तृतीय र वडा नम्बर १७ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन भने कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने वडा नम्बर ४ लाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रम को अध्यक्षता नगर सभापति बद्री सापकोटाक र कार्यक्रमको सहजीकरण काङ्ग्रेस नगर समिती सचिब गोबिन्द घिमिरेले गरेका थिए ।

प्रकाशित : २०८० भदौ २४ गते १९:०१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI