भ्यानमा कोचेर ल्याएका ७ गाई मरे

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २५ गते ११:०३
भ्यानमा कोचेर ल्याएका ७  गाई मरे

नारायण शर्मा,पूर्वी नवलपरासी । तस्करहरुले अवैध रुपमा ल्याउदै गरेको ७ वटा गाई मरेका छन । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाल्पावाट पिकअप भ्यानमा कोचाकोच गरेर कच्चि पहाडिवाटो दुम्कीवास तर्फ ल्याउदै गरेका गाई बाटामै मरेको हुन ।

बा ३००१ च १३८६ नम्बरको पिकअप भ्यानमा पाल्पाको निस्दीतिरवाट कच्चि वाटो हुदै होंसी सिमेन्टको चुनढुंगा खानी बोक्ने बाटोमा ल्याउदै गर्दा मरेको भेटिएको प्रहरीले जनायो । गाई ओसारपसार कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरीले जनायो । सानो भ्यानमा कोचाकोच गरेर ल्याउदै गरेको अबस्थामा प्रहरी चेकिंगमा थाहा भएको हो ।

महेन्द्रराजमार्गको दुम्किवास स्थित हाेंसी सिमेन्ट गेट भन्दा डेढ किलोमिटर उत्तर तर्फ गाई बोक्ने गाडि समातिएको प्रहरीले जनायो । सानो गाडिमा कोचाकोच गरेर कच्चिवाटो हुइक्याउदा मरेको आसंका प्रहरीले गरेको छ । के प्रयोजनकालागि ल्याइएको हो भन्ने अनुसन्धानवाट खुल्ने प्रहरीको भनाई छ ।

 

प्रकाशित : २०८० भदौ २५ गते ११:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI