No ads found for this position

नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३२ जनाले गरे रगत दान

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३० गते १८:३०
No ads found for this position
नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३२ जनाले गरे रगत दान
No ads found for this position

दलदले । नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुलीको दलदले बजारमा संचालन भएको रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् । २३ पुरुष र ९ महिला गरि ३२ जनाले रक्तदान गरेका छन् ।

नेपाल विद्युत महासंघको रुपान्तरण दिवसको अवसरमा नवलपुर विद्युत व्यवसायी संघले नवलपुरको देवचुलीमा उज्यालो नेपाल बिजुली पसलको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्युत महासंघका केन्द्रिय सदस्य चन्द्रकान्त शर्मा जैसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जैसीले देशभरका २७ जिल्लामा दर्ता भएका विद्युत व्यवसायी संघले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउँदै देशभर भएका रक्तदान कार्यक्रमबाट एक हजार युनिट रगत संकलन गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै रेडक्रस सोसाइटी नवलपुर जिल्ला शाखाका उपाध्यक्ष डिल्लीराम कडरियाले रगत दान गर्नु जीवनको सबैभन्दा पूण्य काम रहेको बताउनुभएको थियो । उहाँले एक थोपा रगत दानले अस्पतालमा छट्पटाइरहेको बिरामीको ज्यान जोगिने हुँदा सबैलाई रक्तदान गरि सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी कावासोती शाखाका उपसभापति बाबुराम कंडेलले विगत चार बर्ष देखि नवलपुरमा रक्तसंचार सेवा संचालन भएपछि रगतको अभावबाट कसैले ज्यान गुमाउनुपर्ने अवस्था नआएको बताउँदै अनवरत रुपमा रगत संकलनमा नेपाल रेडक्रस सोसाईटी नवलपुर जिल्ला लागि रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा उज्यालो नेपाल बिजुली पसलका संचालक एवम् विद्युत व्यवसायी संघ गण्डकी प्रदेशका सदस्य कृष्णराज गैरे, नवलपुर विद्युत व्यवसायी संघका डिल्लीराज न्यौपाने, नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपशाखाका सभापति देवेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नवलपुर विद्युत व्यवसायी संघका सचिव दिपक सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित : २०८० भदौ ३० गते १८:३०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI