नेता नेपालको जीवन र अनुभवबाट ठूलो शिक्षा लिन सकिन्छ : नेता कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३१ गते १९:०८
नेता नेपालको जीवन र अनुभवबाट ठूलो शिक्षा लिन सकिन्छ : नेता कोइराला

कावासोती । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा संघीय संसद डा.शशांक कोइरालाले प्रजातन्त्र सेनानी पुर्णचन्द्र नेपालको अनुभव र सिङ्गो जीवनलाई कांग्रेसका नेता तथा कार्यकर्ताका शिक्षाका रुपमा लिनु पर्ने बताएका छ्न ।

आईतबार नवलपुरको मध्यविन्दु- ३मा रहेको स्वर्गीय नेपालको निवास नेपाली कांग्रेस नवलपुरले आयोजना गरेको शोक सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । ‘हामीले उहाँको जिवनीबाट थाहा पाउन सक्छौ, अनेकौ कष्टका बाबजुद उहाँ ठुलो साहसका साथ प्रजातन्त्रका लागि लडनु भो, यो हाम्रो लागि ठूलो शिक्षा हो’ कोइरालाले भने । बीपी कोइरालाको उदाहरण दिदै कोइरालाले स्वर्गीय नेता नेपाल पनि बीपी सच्चा अनुयायी रहनु भएको र सारा जीवन पार्टी,प्रजातन्त्र र देशका लागि समर्पण गर्नु भएको कोइरालाले बताएका हुन ।

शोक सभामा कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछाने, गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री एवं नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्र ध्वज जिसी , कांग्रेस उपसभापति चन्द्रबहादुर राना लगाएतका नेताहरुले स्वर्गीय नेता नेपालको योगदानको विषयमा चर्चा गरेका थिए ।

नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवं प्रजातन्त्र सेनानी पुर्णचन्द्र नेपालको गत भदौ २५ गते निधन भएको थियो ।

वि.स १९९७ सालमा जन्मिएका प्रजातन्त्र सेनानी नेपालको ८४ वर्षको उमेरमा हिजो राती ९:३० बजे आफ्नै निवासमा निधन भएको हो । नेता नेपालका १ छोरा, २छोरी र २ श्रीमति रहेका छ्न ।

२०१७ सालमा राजा महेन्द्रले कु गरे पछि नेताहरु सँग भारत निर्वासनमा गएका नेता नेपाल २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको संगठन निर्माणम जुटेका थिए ।

जिल्लामा संगठन निर्माण गर्ने क्रममा वि.स २०३२ सालमा नेपाली कांग्रेस नवलपरासीका सभापति बनेका २०११ साल देखि नेपाली कांग्रेसमा आबद्ध रहेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाललाई वि.स २०३५ सालमा संघसंस्था नियन्त्रण ऐन अन्तर्गत तात्कालिन पन्चायती सरकारले गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।

प्रकाशित : २०८० भदौ ३१ गते १९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI