No ads found for this position

वार्षिक तीस करोड राजस्व उठाउने यातायात कार्यालय नवलपुर दुई वर्षदेखि हाकिम विहीन

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २ गते १६:३४
No ads found for this position
वार्षिक तीस करोड राजस्व उठाउने यातायात कार्यालय नवलपुर दुई वर्षदेखि हाकिम विहीन
No ads found for this position

करारका कर्मचारीले हाजिरी गर्न पाएन्न

 

सालिकराम कोइराला, कावासोती । वार्षिक तीस करोड राजस्व उठाउने यातायात व्यवस्था कार्यालय कावासोती विगत दुई वर्षदेखि हाकीम बिहिन अबस्थामा छ। करारका कर्मचारीको भरमा चलेको अफिसमा उनिहरूलेनै हाजिरी समेत गर्न पाएका छैनन् । यो कार्यालय गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयको मातहतमा रहेको छ।

‘यत्रो राजस्व उठाउने अफिस वर्षौंदेखि कार्यालय प्रमुख बिहिन छ। गण्डकी प्रदेश सरकारले के गरेको होला ?’ गणेश कोइरालाले भने। उनि यातायात व्यवस्था कार्यालय कावासोतीको छैंठौ तहको अधिकृत हुन्। कोइरालाका अनुसार कार्यालयमा कर्मचारी दरबन्दी १५ जनाको छ। तर स्थायी कर्मचारी ६ जना मात्र कार्यरत रहेका छन्।

२०७८ मङ्सिर १ देखि यो कार्यालय हाकिम बिहिन अबस्थामा छ। मङ्सिरमा निमित्त हाकिम टेक बहादुर घर्तीले अनिवार्य अवकास पाएका थिए। ‘करारका कर्मचारीको भरमा दैनिक कार्य सम्पादन गरिएको छ। काम चलाउ निमित्त प्रमुख कुल प्रसाद लामिछानेले भने।’ उनि पनि यसै महिना अवकासमा विदा हुँदैछन्। कर्मचारीको अभावमा कार्यालयले रफ्तारले सेवा दिन सकेको छैन।

कार्यालयको फ्रन्टलाइनमा काम गर्ने कम्प्युटर अपरेटरहरू सबै करारका कर्मचारी हुन्। उनिहरू ३ जना रहेका छन्। ति सबैले साउन १ गतेदेखि अफिसमा हाजिरी गर्न पाएका छैनन् तर निरन्तर काम गरिरहेका छन्। करार नविकरण नभएको दुई महिना बितिसक्दा पनि आफुहरू काममा खटिएको कम्प्युटर अपरेटर अर्जुन सुवेदीले जानकारी गराए। उनिहरूको करार नविकरण हुने,नहुने कुनै अत्तोपत्तो छैन। त्यसो त करारका कम्प्युटर अपरेटरहरू राजनीतिक पहुँचको भरमा नियुक्त हुने गरेको बात लागेको छ।

गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय कावासोतीमा नवौ वा दशौ तहको कार्यालय प्रमुख रहने गरि दरबन्दी स्विकृत गरेको छ। प्रशासन, अनुगमन तथा रूट इजाजत शाखामा कम्प्युटर सहित ३ अधिकृत र सवारी चालक अनुमती फाँटमा सहायक अधिकृत २ र एकजना सहायक कर्मचारीको दरबन्दी रहेको छ। सवारी दर्ता तथा नामसारी फाँटमा १ जना अधिकृत र सहायक, आर्थिक प्रशासन शाखामा १ जना लेखा अधिकृतको व्यवस्था गरिएको छ। यसबाहेक हल्का सवारी चालक र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका शाखा अधिकृत तथा सूचना अधिकारी सविना गौतमलाई कावासोतीको बेथिति बारे प्रश्न गर्न टेलिफोन सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ थियो।

प्रकाशित : २०८० असोज २ गते १६:३४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI