पदकको आशा गरिएको नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १३ गते ९:२६
पदकको आशा गरिएको नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो

कावासोती – चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत इस्पोर्ट्सको पिस एलिट (पब्जी मोबाइल) को प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाटै बाहिरिएको छ ।

शनिबार बिहान भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिमले दक्षिण कोरिया र चाइनिज ताइपेईविरुद्ध पराजय भोगेको हो ।

शनिबार नेपाली टिमका लागि सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।

यस समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए । नेपाल तेस्रो भयो ।

यसअघि शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले अब इस्पोर्ट्सअन्तर्गत डोटामा मात्र प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।

प्रकाशित : २०८० असोज १३ गते ९:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI