हनुमान बोकर अयोध्या खोज्दै हिडदा ओलीले कम्यूनिष्ट पार्टी सिध्याए : घनश्याम भुसाल

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २० गते १८:१७
हनुमान बोकर अयोध्या खोज्दै हिडदा ओलीले कम्यूनिष्ट पार्टी सिध्याए : घनश्याम भुसाल

नारायण शर्मा, कावासोती । नेकपा समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले हनुमान बोकर अध्योध्या खोज्दै हिडेका कारण कम्यूनिष्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाएका छन ।

हनुमान बोकेर हिडने र धेरै पल्ट जनतावाट निर्वाचित संसद भंग गरेर नेपालीको आर्थिक समृद्धिको चाहाना एमाले अध्यक्ष केपि ओलीले ब्रेक लगाएको भुसालले दावी गरे । जनतालाई कुनै प्रतिफल नदिने भ्यू टावर निर्माण गर्ने र नेपाललाई आबस्यक नै नपर्ने पानी जहाजकोे सपना बांडेर एमालेको मुल एजेण्डा बिर्सिदै हिडेपछि एमाले ध्वस्त भएको उनको जिकिर छ । त्यस्ता गैह्र राजनैतिक कामका कारण आफुहरु जस्ता माक्र्सवादी कम्यूनिष्ट एमालेमा टिक्नै नसक्ने परिस्थिती आज पनि उस्तै रहेको भुसालको भनाई छ ।

कम्यूनिष्ट आन्दोलन र समाजवादको मर्म विपरित ओलीले हुनमान बोकेर हिडेकै दिन एमालेको भविष्य अन्धकारमा जकडिएको भुसालले आरोप लगाए ।

नेकपा समाजवादीको मेचीमहाकाली जागरण अभियान अन्तगत शनिवार कावासोतीमा आयोजित सभामा बोल्दै महासचिव भुसालले उक्त कुरा बताएका हुन । एमालेमा कम्यूनिष्ट आन्दोलनलाई जनतासंग जोडन खोज्ने सहि नेतृत्वलाई ओलीले ठुंग्ने गरेको र त्यहा जोडिएका अरु नेताले त्यहि प्रबृत्तिको सर्मथनमा तालि बजाउने गरेकाले असल बिचारधाराको राजनैतिक प्राणि त्यहा टिक्नै नसक्ने गरेको अनुभव उनले सुनाए । एमालेमा बैचारीक धार मरिसकेको र जनबिरोधि गतिबिधि मात्र शेष रहेको भुसालको जिकिर थियो । उनले नेपालको समृद्धिकालागि आधा जनसंख्यालाई कृषि कर्ममा लगाउनै पर्ने सुनाए । एउटा कृषि कर्ममा जोडिने मान्छेले माशिक कम्तिमा ३५ हजार आम्दानी नगरेसम्म देशमा समृद्धि आउनै सक्दैन भुसालले भने पहिलो कुरा कृषि क्रान्ति नै हो । त्यस्तो एजेण्डा आफनो पार्टीले चाडै ल्याउन जागरण अभियान शुरु गरेको उनले सुनाए ।

केपि ओली अध्यक्ष रहेसम्म एमाले पार्टी बिचार बिहिन भैरहने भुसालको दावी छ । करिब ३५ मिनेट सम्म आफना भनाई राखेका घनश्याम भुसालले सबै जसो समय एमालेलाई गालि गर्नमै खर्चिएका थिए ।

असोज १४ गतेवाट शुरु भएको समाजवादीको जागरणसभामा सबै जसो भातृसंस्थाका पदाधिकारी र नेताहरुको उपस्थिती रहेको छ ।

प्रकाशित : २०८० असोज २० गते १८:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI