स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २१ गते १९:१५
स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं ३ अट्ठाईस बिघा स्थित शिवमन्दिर स्वास्थ्य चौकीमा कार्यक्रम सम्पन्न भएको हो ।

भ्याली कलेज अफ टेक्निकल साइन्स सितापाइला काठमाडौंका विद्यार्थीहरुको आयोजना एवम् शिवमन्दिर स्वास्थ्य चौकीको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो । कलेजको कम्प्रीहेन्सिव पब्लिक हेल्थ म्यानेजमेन्ट रेसिडेन्टल फिल्ड अन्तरगत एक दिने मिनी एक्सन प्रोजेक्ट स्वरुप सो कार्यक्रम सम्पन्न गरिएको विद्यार्थी समूहका संयोजक कर्ण शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा सुरक्षित मातृत्व, सुनौला हजार दिन, बालबालिकालाई दिइने खोप,परिवार नियोजन र पोषण सम्बन्धी सचेतना सहित सहभागीहरुलाई प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा शिवमन्दिर स्वास्थ्य चौकीका सिनियर अहेव किरणजंग पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले समाजमा स्वास्थ्य सम्बन्धी सचेतनाका लागि टेवा पुग्ने भन्दै आयोजक विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित : २०८० असोज २१ गते १९:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI