जनताको चेतनामाथि प्रश्न नगर्न ओलीलाई लामिछानेको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ३० गते १५:०२
जनताको चेतनामाथि प्रश्न नगर्न ओलीलाई लामिछानेको आग्रह

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चेतनामाथि प्रश्न नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीलाई हेरौं भनेर मात्र आफूहरुले मत नपाएको बताए ।

सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय काार्यलय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको सूचकांक कमजोर बनाउँदा पनि तपाईकै दललाई भोट हालिरहने ? भन्ने प्रश्न गरेका हुन् ।

‘हामीलाई माया गर्ने, सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा, हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहिँ कस्ता ? यो प्रश्न मैले गर्न चाहन्छु’ रविले भने ।

उनले अगाडि भने, ‘आम जनताले एउटा आशा र अपेक्षासहित नयाँ मानिसलाई हेरौं न भनेर हामीलाई ह्वारह्वार्ती भोट दिएको पनि होइन । उपनिर्वाचनबाट २१ सिट पु¥याएका त हौं नि । जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत पनि छैन ।’

प्रकाशित : २०८० असोज ३० गते १५:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI