टिकटक प्रयोगमा प्रतिबन्ध : कति जायज ? कति नाजायज ?

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २७ गते २०:०६
टिकटक प्रयोगमा प्रतिबन्ध : कति जायज ? कति नाजायज ?

राजन पाण्डे-
नेपाल सरकारले TikTok लाई नेपालमा चलाउन प्रतिबन्ध लगाउनुले आम नेपालीहरुमा यो निर्णयको पक्ष र विपक्षमा मतहरू सृजना गरेको छ । यसै सन्दर्भमा टिकटकको विकासक्रम, विश्वव्यापी प्रयोग, यसका सकारात्मक र नकारात्मक पक्षहरू र निर्णय निष्कर्षका विषयमा आफ्नो मत राख्ने प्रयास गरेको छु ।

Tiktok एक निशुल्क सामाजिक सञ्जाल साझेदारी वेबसाइट हो । जहाँ प्रयोगकर्ताले छोटो भिडियो र पाठ पोस्ट गर्न सक्दछन् ।

Tiktok चिनिया सोसल मिडिया साईट Douyin को अन्तर्राष्ट्रिय संस्करण हो । सन् 2018 बाट विश्वव्यापीरुपमा TikTok को प्रयोग सुरु भएको हो ।

सुरुका वर्षमा प्रयोगकर्ताको डाटा र pofile जानकारी असुरक्षा हुने भयले टिकटको प्रयोगलाई शंकाको दायरामा ल्याईयो । पछि टिकटक कम्पनीले देशगत रुपमा server हरूको व्यवस्था गरेपश्चात सेन्सरसिप र सामग्री प्रतिबन्धबाट अनुमति पायो ।

प्रयोगकर्ताका लागि सहज, पहुँचयोग्य र अपेक्षित सन्तुष्टि दिन सक्ने सुविधा सहितको एपका रूपमा टिकटकले निकै छिटै प्रख्याति कमाइ विश्वव्यापी रुपमा आफ्नो प्रयोगलाई विस्तार गर्न सक्यो । हाल विश्वमा करिब 30 करोड जनसंख्या ले tokTok प्रयोग गर्ने तथ्यांक देखिन्छ ।
आज टिकटकले विश्वव्यापीरुपमा facebook, युट्युब लगायतका सोसल मिडिया हरुलाई चुनौती दिइरहेको छ ।

टिकटकका सकारात्मक पक्षहरु :

१) आफ्नो सामान्य स्मार्टफोनबाट प्रयोगकर्तालाई सर्जक बन्ने अवसर दिन्छ । सस्तो, सर्वव्यापी, सामान्य साक्षरता ले पनि चलाउन सकिने, अरूको सहयोग बिना पनि गर्न सकिने, घरमै बसेर पनि गर्न सकिने सिर्जनात्मक अभ्यासका लागि यो उत्तम platform बनेको छ ।

२) टिकटकले फराकिलो प्रयोगकर्तामाझ आफ्ना भिडियोहरु, रचनात्मक अभिव्यक्ति, आफ्ना उत्पादनलाई प्रदर्शन गर्ने, विज्ञापन गर्ने र मार्केटिङका लागि आकर्षक र मनोरञ्जनात्मक माध्यम अवसर दिएको छ ।

३) महत्वपूर्ण फराकिलो एक्सपोजरको कारण अभिनय, नृत्य, गायन, चित्रकारिता लगायतका अन्य ज्ञान, सीप, क्षमतालाई प्रदर्शन गर्ने आफुलाई प्रमाणित गर्ने र थप अवसरहरु का लागि शीघ्र सहयोग पुग्ने एउटा सहयोगी माध्यम बनेको छ ।

४) दैनिक जीवनका महत्वपूर्ण हुने छन् क्षणहरु खिच्न र प्रस्तुत गर्न तथा एउटा व्यक्तिको अनुभव र ज्ञानलाई अरु व्यक्ति र समुदायलाई फाइदा हुनेगरी अभिव्यक्त गर्न दोहोरो फाइदा को अवस्था सृजना गरेको छ ।

५) टिकटक प्रयोगकर्ताहरूले पर्याप्त संख्यामा फलोअर प्राप्त गरेपछि “सृजनाकर्ता” को रुपमा दर्ता गरेर पैसा कमाउन सक्ने अवसर पनि दिएको छ । दश लाख भ्यूवर प्राप्त गर्ने सर्जकले 20 देखि 40 अमेरिकी डलर प्राप्त गर्नेगरी अभ्यासमा छ ।

टिकटकको नकारात्मक पक्ष;

१) टिकटक प्रयोगकर्ताहरु मध्ये करिब 45% प्रतिशत प्रयोगकर्ता 12 बर्ष देखि 24 वर्ष उमेर समूहका छन् । यो उमेर समूहका मानिसलाई अवास्तविक शरिर तस्वीरहरु, भ्रामक छवि र शीघ्र रुपमा भाइरल हुने आकांक्षाले दुष्कर्म तर्फ डोर्याउने खतरा धेरै छ ।

२) किशोरकिशोरीहरुले अरूको अवास्तविक शारीरिक तस्बिरसँग आफूलाई तुलना गरी आत्मसम्मानमा समस्या निम्त्याउने, हिनताबोधको सृजना गर्ने समस्या हुन सक्छ ।

३) tiktok प्रयोगकर्ताहरू online शिकारीहरु माझ पर्दाफास हुने र निर्दोषता र गल्तीरहित जोखिमबाट समेत सिकार हुन सक्ने खतरा छ ।

४) टिकटकमा राखिएका सामग्रीहरुले हाम्रा संस्कार, संस्कृति, प्रथा प्रचलन, मूल्य, मान्यता विरुद्धमा हानिकारक व्यवहार र नकारात्मक प्रभावलाई बढवा दिनसक्छ ।

५) अरुभन्दा राम्रो देखिन, अरूभन्दा फरक देखिन, खाएको लाएको जस्तो देखिन चरम उपभोक्ताबादी सोच र खर्चिलो संस्कारको विकास गर्न सक्छ ।

५) TikTok प्रयोगकर्तामा प्रयोगको लत बस्न गई महत्त्वपूर्ण समय Tiktok मा मात्र बिताउने । अरु महत्वपूर्ण कामहरु र जिम्मेवारीलाई ध्यान नदिने समस्या पनि निम्त्याउन सक्छ ।

६) प्रयोगकर्ताको गोपनियता को सवालमा पनि चिन्ता रहन्छ ।

अन्त्यमा,
नेपाल सरकारको नेपालमा tik tok प्रयोगलाई प्रतिबन्ध गर्ने निर्णयले आम नेपालीहरु माझ यसको पक्ष र विपक्षमा बहस सिर्जना गरेको छ । सामान्यतया एउटा व्यक्तिको जीवनमा पनि कुनै पनि वस्तु र सेवा उपयोग गर्दा उपयोग गर्ने क्षमता, ज्ञान, सीप, ल्याकत र यसका सकारात्मक नकारात्मक पक्ष आधारमा नै गर्ने गरिन्छ । एउटा घरमा दह धारिला हातहतियार प्रज्वलनशील पदार्थ बालबालिकाको पहुँचबाट टाढा राखिन्छ । यसको मतलब बालबालिकालाई हतियार र प्रज्वलनशील पदार्थ जीवनमा उपयोग हुंदैन भन्ने होइन तर ती बालबालिकालाई ति हातहतियार र प्रज्वलनशील पदार्थलाई विवेकपूर्ण तरिकाले प्रयोग गर्न सक्दैनन् भन्ने हो । जब प्रयोगकर्ताले प्रयोग गर्ने विवेक र क्षमता राख्दैन तब अमृत पनि अहितकर हुन पुग्छ ।
एउटा राज्यले बदलिदो समय अनुसारका विज्ञान-प्रविधि सूचना सञ्चारका साधनहरू निषेध गर्नु राम्रो होइन तर नियमन गर्ने क्षमता यदि राख्दैन भने यदि नियमन गुणस्तरमा आफ्नो विश्वास छैन भने त्योभन्दा बढी क्षति हुन नदिनका लागि प्रतिबन्ध गर्नुपर्ने पनि हुनसक्छ । मलाई लाग्छ आजको अवस्था त्यही नै हो ।
म सरकारको निर्णय गलत भन्ने ठाउँमा छैन तर सरकारको नियमन गुणस्तर कमजोर रहेकोमा भने सरकारको स्विकारोक्तिलाई बडो चिन्ता का रुपमा लिएको छु ।

२०८०।०७।२७
सानोठिमी भक्तपुर

प्रकाशित : २०८० कार्तिक २७ गते २०:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI