काँग्रेस महामन्त्री थापा नवलपुर आउँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १ गते १५:३६
काँग्रेस महामन्त्री थापा नवलपुर आउँदै

कावासोती । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नवलपुर आउने भएका छन ।

नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ ले यहि मंसिर ६ गते आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा नवलपुर आउन लागेका नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २का सह सभापति सुर्य गुरुङले जानकारी दिए ।

कावासोती-१६ डण्डामा रहेको राष्ट्रिय थारु संग्रहालयको सभाहलमा हुने कार्यक्रमलाई नेपाली कांग्रेसका महामन्त्री थापा सहित केन्द्रिय सदस्य, प्रदेश एवं जिल्ला स्तरका नेता तथा कार्यकर्ताले सम्बोधन गर्ने क्षेत्रीय सचिब राजु पाण्डेले बताए ।

प्रकाशित : २०८० मंसिर १ गते १५:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI