काँग्रेसका हाइप्रोफाईल नेताहरु नवलपुर आउदै

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २ गते १६:५४
काँग्रेसका हाइप्रोफाईल नेताहरु नवलपुर आउदै

कावासोती । नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्लासम्मेलनमा सहभागी हुन नेपाली कांग्रेसका हाईप्रोफाईल नेताहरु नवलपुर आउने भएका हुन ।

नेपाली कांग्रेस नवलपुरले यहि मंसिर ११ गते आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा नवलपुर आउन लागेका नेपाली कांग्रेस नवलपुरका सचिब होमराज रानाभाटले जानकारी दिए ।

देवचुलीमा रहेको सहारा पार्टी प्यालेसमा हुने कार्यक्रमलाई नेपाली कांग्रेसका सभापति देउवा,शेखर कोइराला, महामन्त्रीद्वय थापा र शर्मा तथा पुर्व महामन्त्री एवं संघीय सांसद शशांक कोइराला सहितका नेताहरुले सम्बोधन गर्ने सचिब रानाभाटले जानकारी दिए ।

प्रकाशित : २०८० मंसिर २ गते १६:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI