कन्याम घुमेर फर्किएको विद्यार्थी बाकेको बस दुर्घटना : एक बालकको मृत्यु, १२ जना गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ३ गते १९:३२
कन्याम घुमेर फर्किएको विद्यार्थी बाकेको बस दुर्घटना : एक बालकको मृत्यु, १२ जना गम्भीर

जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना६ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका-३ स्थित लसुनेमा सडकबाट तीन सय मिटरजति तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा एक बालकको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनास्थलबाट ३२ जनाको प्रहरीले उद्धार गरेकोमा १२ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । बसमा ३७ जना यात्रु थिए । उनीहरू मध्ये धेरै विद्यार्थी थिए ।

बस सडकबाट तीन सय मिटर तल खोँचमा खसेका कारण बसमा सवार सबै घाइते भएको प्रहरीले जनाएको छ ।

बसबाट उछिट्टिएका केही यात्रुहरू रुखको हाँगामा समेत अड्किएका कारण उद्धारमा कठिनाइ भएको थियो । घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको प्रहरी उपरीक्षक जवेगुले जानकारी दिए ।

‘घाइतेहरूमध्ये १२ जनाको अवस्था गम्भीर देखिन्छ, उपचारका लागि बिर्तामोड पठाइसकिएको छ,’ प्रहरी उपरीक्षक​ जवेगुले भने ।

प्रकाशित : २०८० मंसिर ३ गते १९:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI