नवलपुरमा जन्ती बोकेको स्कार्पियो दुर्घटना : २ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १३ गते १०:०३
नवलपुरमा जन्ती बोकेको स्कार्पियो दुर्घटना : २ जना घाईते

कावासोती । नवलपुरमा जन्ती बोकेको स्कार्पियो दुर्घटना हुँदा २ जना घाईते भएका छ्न ।

पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डमा पर्ने मध्यविन्दु नगरपालिकाको वडा नं १० को सानो खहरे भन्ने स्थानमा काठमाण्डौँ बाट कपिलबस्तु जादैँ गरेको बा १५ च ८०६८ नं.को आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा स्कार्पियोका चालक कपिलबस्तु
बाणगंगा नगरपालिका वडा नं १ का देबराज गिरी र रुपन्देही सैनामैना नगरपालिका वडा नं १ का टिकाराम भट्टराई घाईते भएका र उनिहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० मंसिर १३ गते १०:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI