तीन सय २७ जना मोतियाविन्दुका बिरामीको निशुल्क शल्यक्रिया

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १३ गते २०:३१
तीन सय २७ जना मोतियाविन्दुका बिरामीको निशुल्क शल्यक्रिया

कावासोती । नवलपुरमा ३ सय २७ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

रोटरी क्लब अफ कावासोती र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा जिल्लाका ग्रामीण भेगका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

तीन दिन चलेको निःशुल्क शल्यक्रिया शिविरमा जिल्लाको हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकाका ग्रामीण भेगमा भेटीएका मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो ।

ग्रामीण भेगमा आँखाको रोगको समस्या बढ्दै गएको र उपचारका लागि आर्थिक अभाव हुने भएपछि रोटरी क्लवले गाउँगाउँमा निःशुल्क शिविर आयोजना गर्दै आएको छ ।

मोतिया बिन्दुको निशुल्क शल्यक्रिया शिविर सञ्चालन पूर्व जिल्लाका विभिन्न ११ स्थानमा आँखा परिक्षण शिविर सञ्चालन गरिएको थियो । ग्रामीण भेगमा गरिएको आँखा परिक्षण शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई चार दिन लगाएर शल्यक्रिया गरिएको अध्यक्ष हरिहर अधिकारीले बताए ।

प्रकाशित : २०८० मंसिर १३ गते २०:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI