सुरू भयो एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १४ गते १२:५७
सुरू भयो एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा

कावासोती ।  प्रमुख प्रतिपक्षी दल एमाले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरू गरेको छ । पाँचथरको चिवाभन्ज्याङमा आउँदो पुस २ मा सम्पन्न हुने यो यात्राको अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।

बुधबारै बैतडी पुगेका ओलीले बिहीबार बिहानै झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको आरम्भ गरे । एमालेले यसलाई ‘समृद्धिका लागि संकल्प यात्रा’को नाम दिएको छ । जसमा एमाले केन्द्रीय, स्थानीय नेता कार्यकर्ताहरुको संलग्नता रहने छ । मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरुमा एमालेका नेता कार्यकर्ताहरु पदयात्रामा जोडिने छन् ।

पदयात्राको उद्देश्य स्थानीयसँग थप सम्बन्ध जोड्ने र त्यसको राष्ट्रिय सन्देश दिने छ । सरकारले गरिरहेका कामकोबारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने योजना अन्तर्गत एमालेले पदयात्रा गरेको हो ।

प्रकाशित : २०८० मंसिर १४ गते १२:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI