हामी फेरि दास र रैती हुन सक्दैनौँ : ओली

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १४ गते १४:२७
हामी फेरि दास र रैती हुन सक्दैनौँ : ओली

कावासोती । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि दास र रैती हुन नसकिने बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको बताए ।

“गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ । लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ । तसर्थ, हामी पछाडि फर्कन सक्दैनौँ,” उनले भने, “फेरि हामी रैती हुन सक्दैनौँ । हामी दास हुन सक्दैनौँ । छुवाछूत र अनेक प्रकारका प्रथामा फर्कन सक्दैनौँ ।”

जनतामा अन्योल र निराशा बढेकाले प्रतिगामी शक्ति टाउको निकालेर सलबलाउन खोजेको उनको भनाइ छ ।

“अहिले प्रतिक्रियावादी, प्रतिगामी शक्ति मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर सलबलाउन खोजेका छन् । उहिले राजतन्त्र थियो,” ओलीले भने, “त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर सालिकमा लेखेर तमासा गर्ने असंवैधानिक काम यहाँ भइरहेको छ ।”

सरकारले गरिबी अभावको अन्त्य गर्नुपर्ने उनले बताए ।

प्रकाशित : २०८० मंसिर १४ गते १४:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI