आज विश्व एडस दिवस: नवलपुरमा १ सय २० जना एचआईभी संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १५ गते ११:४५
आज विश्व एडस दिवस: नवलपुरमा १ सय २० जना एचआईभी संक्रमित

कावासोती । आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । यस वर्षको एड्स दिवसको नारा ‘समुदायको नेतृत्वमा एडसको अन्त्य गरौं ’ भन्ने तय गरिएको छ ।

एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लामा गत असार मसान्तसम्म १ सय २० जनामा एचआईभीको संक्रमण भेटिएको छ । सन २०३० सम्म एडसको संक्रमणलाई अन्त्य गर्ने सरकारको निति भए पनि जिल्लामा एचआईभी संक्रमितको संख्या भने बढदै गएको छ ।

नवलपुरमा आ. व ७७/७८ मा ८२ जना, ७८/७९ मा १ सय ७ जना र ७९/८० मा १ सय २० जनामा एचआईभीको संक्रमण भेटिएको हो । गत आवमा भेटिएका ७९/८० मा १ सय २० जना एचआईभी संक्रमित मध्य २ जना ५ देखि १४ वर्ष सम्मका बालबालिका समेत रहेको स्वास्थ्य कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार संक्रमितहरूमध्ये ५१ पुरूष र ४८ महिला सहित ९९ जना निरन्तर औषधी खाईरहेका छन्। ५ पुरूष र ४ महिला सहित ९ जना नवलपुरबाट आफ्नै जिल्ला गैसकेका र हाल सम्पर्कमा छैनन् भने ५ जना पुरूषहरू औषधी सेवन गर्न छाडेका छन्। गत आवमा मात्रै १३ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारी ले बताए ।

प्रकाशित : २०८० मंसिर १५ गते ११:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI